मलाई विश्व कै हिरो बनाउँछन् भन्ने लाग्दैन: अध्यक्ष प्रचण्ड

सोमवार, साउन १३, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र संघीता गुमे मुलक बबार्द हुने बताएका छन । उनले गणतन्त्रलाई असफल पार्नका लागि विभिन्न तत्वहरुको खेल भइरहेको आरोप लगाए ।

सोमबार विप्लव समूहका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले भने , लोकतान्त्रीक गणतन्त्र स्थापना गराउने नेताहरुलाई सिद्धाउने अनेक षड्यन्त्र भइरहेका छन। आजभोलि हाम्राविरुद्ध षडयन्त्र र प्रचारहरु बढी नै भएका छन् ।’

उनले भने मलाई हेगमा लैजाने रे’, ‘एक दिन भए पनि जेलमा हाल्ने रे’ भनेर प्रचार गरिएको सुनेको भन्दै उनले त्यसलाई परिवर्तन नचाहनेहरुको डिजाइनको संज्ञा दिए । ‘हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु,’ प्रचण्डले भने, ‘तर यिनीहरुले मलाई हेग लैजान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन । त्यो हुन दिन चाहँदैनन् ।’

 फरक प्रशंगमा बाेल्दै अध्यक्ष प्रचण्डले  विप्लव समूह नेकपामा नआए सिद्धिन्ने चेतावनी दिए । ‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, कुनै उपाय छैन । या त सिद्धिनपर्छ ’उनले भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata