कमरेड कर्माचार्यको घरबाट मैले जनयुद्धको थालनी गरें: अध्यक्ष प्रचण्ड

बिहिबार, साउन ९, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धबारे अनौंठो रहस्य सार्वजनिक गरेका छन ।

बिहिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको छैंटौं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नरबहादुर कर्माचार्यको घरबाट जनयुद्धको थालनी गरेको बताए । उनले ६/७ वर्ष कर्माचार्यकै संरक्षकत्वमा बसेको बताउँदै उनीबाट पार्टी, निर्माण, मञ्जदुर आन्दोलन र इतिहास सम्मका कुरा सिक्ने अवसर पाएको बताए ।

“मलाई अब युद्धमा हाम फाल्छ भन्ने कुरा नरबहादुर कमरेडलाई राम्रोसँग थाहा थियो । उहाँलाई मलाई राज्यले दमन गरि मारिहाल्छ कि भन्ने चिन्ता समेत थियो ‘, उनले भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments