जनताले विकासको अनुभूति गर्ने गरी काम गर्नुपर्छ: अध्यक्ष प्रचण्ड

सोमवार, असार ९, २०७६



चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई विकासको अनुभूति हुने गरि काम गर्नु पर्नेमा जोड दिएका छन ।
सोमबार चितवनको माडी नगरपालिकाको तेस्रो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनवटै तह स्थानीय, प्रदेश र संघ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरि काम गर्नु पर्ने उल्लेख गरे। कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने अध्यक्ष प्रचण्डको तर्क थियो । उनले भने, पुराना ऐन कानून र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न सकिँदैन ।”
माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै अध्यक्ष प्रचण्डले समस्या समाधान गर्दै अघि बढ्ने तर्फ तीनै तह लाग्नुपर्नेमा जोड दिए । उनले बाँदरमुढे घटनाका पीडितसँग गरिएको सहमति अनुसार काम अघि बढाउन लागिएको समेत जानकारी दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata