नेकपामा राजनीतिक प्रतिवेदनको पराकम्प, प्रचण्डले गरे निकटस्थ नेतासँग छलफल

आइतवार, असार ८, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयकोे शनिबार बसेको बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निकट नेताहरुसँग छलफल गरेका छन ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि शनिबार सचिवालय बैठकमा राजनीतिक प्रतिवेदनका बारेमा छलफल भएको थियो । सचिवालयको बैठकले राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने निर्णय गरेसँगै अध्यक्ष प्रचण्डले आइतबार आफु निकट स्थायी कमिटी सदस्यहरुलाई खुमलटार बोलाएर छलफल गरेका छन ।

पूर्व माओवादी र एमाले एकिकरणका बेला राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ हुने सहमती भएको थियो ।सहमती विपरित पूर्व एमाले नेता ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनमा बहुदलिय जनवाद हुने भन्ने धारणा सार्वजनिक गरेपछि पार्टी भित्र पराकम्पन पैदा भएको थियो ।

पूर्व माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष प्रचण्डले शनिबार भएको सचिवालय बैठकको ब्रिफिङ र राजनीतिक प्रतिवेदन छाप्नेबारे जानकारी दिएको बताए ।

हिजो बसेको  सचिवालय बैठकमा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सहमतिलाई वेवास्था गर्दै राजनीतिक प्रतिवेदन पूर्नलेखन गर्ने बताए सँगै अध्यक्ष प्रचण्डले आफ्ना निकटस्थ नेतासँग छलफल अघि बढाएको स्रोतले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata