मन्त्रीपरिषद पूर्नगठन हुनुपर्छ भन्ने कोणबाट छलफल भइरहेको छ: अध्यक्ष प्रचण्ड

बिहिबार, असार ५, २०७६



कास्की । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद पूर्नरगठन हुने खुलासा गरेका छन ।

उनले मन्त्रीपरिषद पूर्नरगठनबारे प्रधानमन्त्री केपी शर्मा ओली सँग छलफल भइरहेको बताएका छन ।

बिहिबार पोखरामा संञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘म पनि अध्यक्ष भएकाले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ ।’यो प्रधानमन्त्रीको क्षेत्राधिकार भित्र रहेकाले चाहेका बेला मन्त्रीहरु हेरफेर गर्न सकिने उल्लेख गरे ।

उनले फरक प्रशंगमा बोल्दै पार्टी एकतालाई मूर्त रुप दिने विषयमा पनि छलफल जारी रहेको जनाएका छन । छलफलका लागि आगमी शनिबार सचिवालयको बैठक बोलाइएको बताए । पार्टी एकतालाई जनताले अनुमोदन गरिसकेकाले यसलाई दायाँबायाँ गर्ने छुट कसैलाई नभएको बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata