युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन गर्छाै: अध्यक्ष प्रचण्ड

सोमवार, असार २, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन गर्दै लैजाने बताएका छन । उनले पार्टीमा कुनै पनि वैचारिक समस्या नरहेको दाबी गरे ।

सोमबार पार्टी कार्यालय धुमबाराहीमा आयोजित रित बहादुर खड्काको स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रम सहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको स्पष्ट पारे । उनले भने, कतिपय मान्छे पार्टी एकताको लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज भएका छन ।

अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको शुरुवात भएकाले निराश नहुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । उनले पार्टीका केही नेताले नेकपाकाे कार्यक्रम जनताकाे बहुदलिय जनवाद हुने भन्ने भभनाईलाई अप्रत्यक्ष ढंगले जवाफ दिने कोशिस गरेका छन ।

विगत केही समय पहिला उपप्रधानमन्त्री एवम तत्कालिन एमालेका महासचिव इश्वर पोखरलले पार्टीको कार्यक्रम र सिद्धान्त जबजमा आधारित हुनुपर्छ र हुने छ भन्ने भनाईको जवाफ दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata