सरकारको नेतृत्व आलोपालो नै हो: अध्यक्ष प्रचण्ड

फेरी सम्झाए

बुधबार, जेष्ठ २९, २०७६



चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नेतृत्व आलोपालो नै भन्ने सहमति भएको दोहोर्याएका छन ।

गृह जिल्ला चितवनमा बुधबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सवै कुरा जानकारीमा आइसकेको भन्दै सहमति अनुरुप अगाडि बढ्नेमा जोड दिए । उनले एउटै कुरा पटकपटक आफ्नो मुखबाट बोल्न नलगाउन समेत संचारकर्मीलाई आग्रह गरे ।
उनले संसदमा पेश भएका विधेयकबारे पर्याप्त छलफल नगरी पेश गरेकाले विवाद उत्पन्न देखा परेको स्पष्ट पारे । लोकसेवा आयोगको विज्ञापन,गुठी विधेयक , संचार लगायतका विधेयकबारे प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै छलफल गर्ने बताए ।

धुर्मस सुन्तली फाउण्डेशनद्वारा चितवनमा निर्माणधीन अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले सहयोग गर्ने नीति नै पारित गरेकोले सरकारले राष्ट्रिय गौरवकै आयोजनाका रुपमा रंगशालालाई अगाडि वढाउने प्रतिवद्धता अध्यक्ष प्रचण्डले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata