एकताको बाँकी काम सचिवालय बैठकबाट टुङ्ग्याउँछौं: अध्यक्ष प्रचण्ड

शनिबार, जेष्ठ ४, २०७६



सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम सचिवालय बैठकबाट टुंगिने बताएका छन् ।

शनिबार सिन्धुली जिल्लाको सुनपानी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकताको काम लगभग पुरा भइसकेको र बाँकी काम भोली(आइतबार) बस्ने सचिवालय बैठकले टुङ्ग्याउने बताए ।

उनले भने, भोली बस्ने बैठकबाट कार्यविभाजन लगायत विशेष कमिटी बनाउने, केन्द्रीय निकायहरु, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा समिति जस्ता विषयहरु टुंग्याउनेछौं ।

फरक प्रशंगमा बोल्दै अध्यक्ष प्रचण्डले आउने निर्वाचनमा एक्लै दुई तिहाइ ल्याउने लक्ष्यका साथ अघि बढेको बताए । साथै उनले एक्लै दुई तिहाइ मत प्राप्त गर्यो भने मात्रै हाम्रो समृद्धिको सपना पूरा गर्न सकिने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank