पार्टी एकता नभएको भए दुई तिहाईको सरकार हुँदैन थियो : अध्यक्ष प्रचण्ड

बुधबार, जेष्ठ १, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता नभएको भए दुई तिहाईको सरकार नहुने बताएका छन् । आफुले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्न पार्टी एकता गरेको बताउँदै विचारको शुद्धताको नाममा पार्टीलाई एकपछि अर्काे रुपमा विभाजन गर्ने कुरा विगतमा भोगेको स्पष्ट पारे ।

उनले सहि विचार आकाशबाट खस्ने र जमिनमा नउमर्ने बताउँदै विचार विकासबाट आउने दाबी गरे । उनले परिस्थितीको मागलाई ध्यान नदिएको भए अहिलेको अवस्था नआउने उल्लेख गरे । पार्टी एकता निरन्तरताको क्रम भंगताकै कारण भएको बताए । उनले आफ्नो विचारमा सहमती भन्दा पनि आलोचनात्मक बन्नु पर्नेमा जोड दिए । मान्छे गल्ती गर्छ तर गल्तीबाट सिक्दै जानु पर्नेमा जाेड दिए ।

उनले माधव नेपाल संसदमा आवश्यक हो भनि चिठी लेख्ने आफु भएको दाबी गरे । आफुले माधव नेपाल, झलनाथ खनाल, केपी ओली लगायतलाई प्रधानमन्त्री बन्न सहयोग गरेको दाबी गरे । उनले बाँकी जीवनमा केही गरेर मर्न चाहेको र त्यसका लागि युवा र नेताको साथ आवश्यक रहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank