संविधानको मर्म र भावना अनुरुप विकासको नयाँ मोडल जरुरी: अध्यक्ष प्रचण्ड

मङ्लबार, बैशाख ३१, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको मर्म र भावना अनुकुल विकासको नयाँ मोडलको खोजी गर्न जरुरी रहेको बताएका छन् ।

मंगलबार ललितपुरमा शुरु भएको अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकुलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्नेमा चिन्ता व्यक्त गरेका छन् । उनले नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी कार्यशैलीहरूमा परिवर्तन नभए त्यो प्रत्युत्पादक हुने बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा भारत, भुटान, क्युवा लगायतका मुलुकका सहभागी रहेको उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले अर्गानिक कृषिबाली उत्पादनमा जोड दिन सम्मेलनले ठोस योजना तय गर्ने विश्वास व्यक्त गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata