धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति गर्दै समृद्धि ल्याउँछौं :अध्यक्ष प्रचण्ड

सोमवार, बैशाख ३०, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल-भारतका शक्ति पीठहरु मिलाएर एउटै धार्मिक शक्तिपीठ सर्किट बनाउने योजनाबारे छलफल भइरहेको बताएका छन् ।

एउटै शक्ति पीठ बनाउन सके दुई देशको आर्थिक, धार्मिक र पर्यटन क्षेत्रको विकासमा क्रान्ति हुनेमा जाेड दिएका छन् ।

सोमबार राष्ट्रिय विभूति सीता(जानकी) जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले पछिल्लो पटक गरेको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयमा छलफल गरेको स्मरण गराए ।

फरक प्रशंगमा बोल्दै अध्यक्ष प्रचण्डले अब केहि वर्ष भित्रै चिनको ल्हासाबाट रेल संञ्चालनमा आउने दाबी गरे ।

चीनबाट रेल आउने कुरा अब सपनाको विषय नभएको उल्लेख गर्दै उनले चीनको ल्हासा हुँदै काठमाडौं र काठमाडौंबाट लुम्बिनीसम्म रेल सञ्चालन गर्न सके मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata