पार्टी एकताले फलामे ढोका खोलेका छौं : अध्यक्ष प्रचण्ड

सोमवार, बैशाख ९, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताले फलामे ढोका खोलिदिएको बताएका छन् । उनले जिल्ला  को घोषणाले ठूलो गाँठो फुकेको बताए ।

सोमबार नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अबसरमा बोल्दै जिल्ला संगठन एकता प्रक्रियाले महत्वपूर्ण गाँठो फुकेको बताए । उनले निर्वाचन प्रक्रियासँगै राजनीतिक अस्थिरता र अन्यौलता अन्त्य गरेको स्मरण गरे । विगत ७० वर्षको अन्यौलताको अन्त्य भएको दाबी गरे। संविधान सभाबाट संविधान सम्पन्न भई तीनवटै तहको निर्वाचन पश्चात के नेपालमा शान्ति र स्थायीत्व हुन्छ भन्ने प्रश्नको अन्त्य भएको जनाएका छन् ।

उनले पार्टी एकता विश्व कम्युनिष्टको हितको लागि गरेको जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना तथा पार्टी  संगठन घोषणाको अबसरमा बोल्दै अध्यक्ष दाहालले सानो मेहनत र सानो संकल्पले यो एकता नभएको जनाएका छन् । एकता रोक्नका लागि नेपाल भित्र र बाहीर थुप्रै चलखेल भएको आरोप लगाए । कम्युनिष्टहरु जे भन्छन् त्यहि गर्छन भन्ने संकल्प पूरा भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata