कसले हाल्यो प्रचण्ड विरुद्ध अमेरिकामा उजुरी ?

मङ्लबार, चैत्र ५, २०७५



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिरुद्ध अमेरिकामा उजुरी परेको छ ।  द्वन्दकालका मुद्धाहरुलाई समेटेर अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेशन बाल्टीमोरमा उजुरी परेको हो ।

तत्कालिन माओवादी विद्रोहका क्रममा १७ हजार गरिबले ज्यान गुमाउन बाध्य पारीएको भन्दै उनी विरुद्ध उजुरी दर्ता भएको हो । साथै दश वर्षे माओवादी युद्धकालमा अमेरिकाले प्रचण्डलाई आतंककारीको सूचीमा राखेको स्मरण गराउँदै उक्त उजुरी डा.तिलक श्रेष्ठले दर्ता गरेका हुन् । पत्नी सिता दाहालको उपचारका लागि जोन होप्किन्स अस्पताल अमेरिका पुगेका बेला अध्यक्ष प्रचण्ड बिरुद्ध उजुरी दर्ता गरिएको हो ।
उजुरी जस्ताको त्यस्तै

ujarai

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata