प्रचण्डको नक्कल गरेर प्रचण्ड बन्न खोज्नु भ्रम हो: अध्यक्ष प्रचण्ड

बिहिबार, फाल्गुन ३०, २०७५



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  नेत्र विक्रम चन्द विप्लवले आफ्नो नक्कल गर्न खोजेको आरोप लगाएका छन् ।  विहिबार पेरिसडाँडामा शहीद तथा वेपत्ता परिवारका सदस्यलाई अभिनन्दन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले विप्लवले आफ्नो नक्कल गर्न खोजको देख्छु । नक्कल गरेर पास नभइने सुझाव दिए ।

कतिपयलाई प्रचण्डले यस्तो गर्यो उस्तो गर्यो । उ सफल भयो भन्ने होला प्रचण्डको नक्कल गर्न खोज्नु भ्रम हो । प्रचण्डको नक्कल गरेर कोही पनि प्रचण्ड बन्न नसक्ने चेतावनी दिए ।  उनले विप्लवले मार्नु  पर्ने सूचीको एक नम्बरमा राखेको समेत जानकारी पाएको खुलासा गरेका छन् । विप्लवको उक्त माइनुट सरकारबाट फेला पारेको र मलाई ती साथीहरु सम्झदा दया लागेको जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank