सिकेसँग तुलाना गरेको भन्दै चित्त दुखाए अध्यक्ष प्रचण्डले

सोमवार, फाल्गुन २७, २०७५



कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिखण्डनकारी सिके राउत सँग तुलना गरेको प्रति असन्तुष्टि जनाएका छन् ।  अध्यक्ष प्रचण्डले पोखरामा पत्रकारसँगको कुराकानीमा अध्यक्ष एवम प्रधानमन्त्री ओलीले आफुलाई विखण्डनवादी सिके राउतसँग तुलना गरेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् ।

उनले भने सबै तुलनाहरु लंगडा हुने भन्दै आफुलाई रावतसँग नदाँज्न चेतवानी दिए । संविधानको मर्म र भावना अनुसार नै मूलधारको राजनीतिमा आउने स्पिरिटमा राउतसँग सहमति भएको भन्दै अध्यक्ष दाहालले रावतको मूलधारमा जाने तयारी नपुगिसकेकाे स्पष्ट पारे ।

उनले सरकारले चाहँदैमा जनमत संग्रह हुन नसक्ने बताए । गत फागुन २४ गते सिके राउतसँग भएको ११ बुँदे सम्झौतामा जनमत संग्रह हुने सरकारले स्वीकार गरेको भए पनि त्यो सम्भव नभएको टिप्पणी गरे । उनले भने, सरकारले चाहँदैमा जनमत संग्रह हुँदैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata