प्रचण्ड र लेनिनको पश्चिम भ्रमण: संजाेग कि नियोजित !

नेपालपाटी टिप्पणी

शुक्रबार, चैत्र १५, २०७५

- भूपेन्द्र शाह



नेपालको राजनीतिक कालखण्डमा थुप्रै व्यवस्था बदलिए तर जनताको अवस्था बदलिएन । जनतालाई रुमानी सपना देखाउँदै आम जनताको जीवनस्तर परिवर्तन गर्ने नाराका साथ २०५२ सालबाट शुरु गरिएको माओवादी ध्वंस मुलकलाई परिवर्तन गर्न  नसकेपनि प्रचण्डलाई अमेरिका पुर्याउन सफल भएको छ । त्यहि माओवादी ध्वंसले जीवन अनिश्चित बनेका लेनिन भने नेदरल्याण्डकाे हेग पुगेका छन् । झट्ट हेर्दा  प्रचण्ड र लेनिनको भ्रमण संजोग जस्तो देखिए पनि यथार्थमा नियोजित वा रणनीतिक छ भन्ने राजनीतिक विश्लेषकहरुको धारणा छ ।

 राजतन्त्रको मजबुत उपस्थितिको कारण अमेरिकी नजरमा ‘ककपिट मुलुक नेपाल ’ विश्व मानचित्रमा विशेष महत्व सहित रहेको पश्चिम र दक्षिणलाई सधै टाउको दुखाई बनी रहयो । ०४६ को राजनीतिक परिवर्तनले उचित स्पेस दिन नसकेका शक्ति , अधिकार खोसिएको दरबार र दक्षिणलाई एकसाथ प्रयोग गर्दै पश्चिमा शक्ति ककपिटमा प्रबेश गर्ने आधार माओबादी ध्वसं मार्फत सिर्जना गरिएको थप बताउनु पर्दैन । जनजाती , दलित र राज्यमा स्थान पाउन असफल शक्ति मार्फत सिंहदरबारको कुर्सी ताक्ने प्रचण्ड महत्वकाँक्षाको सहयोगी र रखवाला बनेका दक्षिण र पश्चिमको आशिर्वाद पछी मौलाएको माओवादी ध्वसंले जन्माएको अनेकौं खराबी मध्य बालसेनाको प्रयोग नियोजित ढंगले गरिएको प्रचण्डले बुझ्न सकेनन वा चाहेनन ।

 ‘ ढाडमा टेकेर टाउकामा हान्ने’ नीतिको सफलतापुर्वक प्रयोग गर्दै दक्षिण पश्चिमको स्वार्थ अनुरुप नेपालको जग हल्लाउन सफल  ‘प्रचण्ड उडान’ रोक्ने पश्चिमा अस्त्र बालसैनिक लेनिन विष्ट तयार गरिएको  तत्कालिन समयमा प्रचण्डले नजर अन्दाज गरिदिए । १७ हजार मानिसले जीवन गुमाएको ,  सयौं मानिस बेपत्ता भएको ,हजारौं मानिस अंग भङ्ग भएको , लाखौं मानिस बिस्थापित भएको भन्दा ठूलो बनाइएको बालसैनिक काण्ड प्रचण्डको एकल उडान रोक्ने पश्चिमा नीति अन्तर्गत जन्माएको थियो भन्ने आरोप सत्यको नजिक पुग्दै छ ।

माओवादी ध्वंस कालको समय नेपाललाई भारतीय आँखाले हेर्ने अमेरिका नीति संबिधान सभाको दोस्रो निर्वाचनसँगै आफ्नै आँखाले हेर्न तयार हुनुको भित्री नियत माओवादी आन्दोलन आफ्नै रणनीति अन्तर्गत चलेको दक्षिणले बुझ्नु हो भन्ने मान्न सकिन्छ । नेपालको संबिधानले अंकित गरेका मुलभुत एजेण्डा तीनै पश्चिमा स्वार्थलाई संस्थागत गर्ने काममा अत्यन्त ठूलो सहयोगी प्रचण्डलाई विगतमा आफैले भिराएको आतंकवादीको बिल्ला नहटाईकन ‘नो अब्जेक्सन लेटर’ जारी गर्दै अमेरिकामा स्वागत गर्नुको अर्थ नभनिकन खुलिसकेको छ ।

 विगतमा अनुपयुक्त शक्तिको  हवाई उडान भरेका प्रचण्डको अनेकौं पखेटा काटदै करीब नाम मात्रको अवस्थामा पुग्दा श्रीमती उपचारको बहानामा उनको अमेरिकी प्रयोग मुलुकको हितमा नहुने देखिन्छ । उनको पैसा र सत्ताको चरम महत्वकाँक्षा पुरा गरिदिने , आफ्ना रणनीतिक स्वार्थहरु पुरा गर्न उनको अधिकतम प्रयोग गर्ने पछिल्लो रणनीति अन्तर्गत ‘खुला उडान भर्न नदिने, पिजडामा पनि नहाल्ने’ !  अमेरिकी नीतिलाई सहयोग पुर्याउन  ‘लेनिन कार्ड ’ पश्चिमाहरुले सुरक्षित राखेको सजिलै बुझ्न सकिन्छ ।

 आफ्नै देश पुग्दा केहि नगर्ने अमेरिका नेदरल्याण्ड सरकारको सहयोगमा लेनिनलाई युरोप झिकाउँदै प्रचण्डको बिरुद्ध बोल्न लगाउनुको अर्थ सजिलै बुझ्न सकिन्छ । लेनिनलाई स्वीट्जरल्यान्डको जेनेभामा उच्चतहका मानव अधिकारकर्मी, सांसद, मन्त्रीलगायतसँग भेटघाट तथा छलफल गराउने कार्यक्रम प्रचण्डलाई आफ्नो पक्षमा काम गराउनुसँग सम्बन्धित छ भन्ने बुझ्नु उचित हुनेछ । भबिश्यमा जाने ठाँउ हेग भन्ने सन्देश दिन नेदरल्याण्डको तिलबर्गमा उच्चसरकारी अधिकारी, विज्ञ र व्यावसायिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूसँगको छलफल गराउने बहानामा प्रचण्ड सम्म पुर्याएको सन्देश चतुर प्रचण्डले प्राप्त गरिसकेको बुझ्न सकिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank