फिफ्टी÷फिफ्टी भए पार्टी एकता हुन्छ, नत्र हुँदैन :प्रचण्ड

सोमवार, चैत्र १२, २०७४



भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले फिफ्टी÷फिफ्टीको अवस्थामा मात्र पार्टी एकता हुने दावी गरेका छन् । विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)द्दारा भक्तपुरमा आयोजित प्रशिक्षणमा प्रचण्डले भने,‘संख्यामा १ जना पनि घटिबढी हुँदैन । बराबरी संख्यामा सम्मानजनकरुपमा पार्टी एकता हुन्छ, नत्र हुँदैछ ।’

उनले ०६४ सालमा एमाले भन्दा माओवादी निकै ठूलो भएको स्मरण समेत गरे । संख्या बराबरी र नेतृत्व पनि आलोपालो हुने गरी एकता गर्ने बताउँदै प्रचण्डले हतारमा एकता नहुने समेत बताए । उनले सहमति भए बैशाखको ९÷१० गते एकता हुन सक्ने तर्क समेत गरे ।

एकीकृत पार्टीको सैद्धान्तिक विषयमा सहमति भए पनि सांगठानिक संरचनाका बारेमा सहमति जुट्न बाँकी रहेको उनको भनाइ छ ।

उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायतका परिवर्तनमा माओवादीको भूमिका प्रमुख रहेको दावी समेत गरे ।
उनले प्रचण्डपथकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भएको जिकिर समेत गरे ।

एचझ

323 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank