मधेशसँग लभ परेका प्रचण्ड माइती झरे

सोमवार, माघ २८, २०७५



सिरहा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले विगतमा  मधेशसँग लभ परेको स्मरण गरेका छन् । साेमबार सिरहा आइपुगेका अध्यक्ष प्रचण्डले आफु मधेश झर्दा माइती आएको चेली जस्तै  भएको बताएका हुन् ।

सिरहाको महनौरमा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले २०७० सालको निर्वाचनमा आफुलाई सिरहावासीले विश्वास गरेर जिताएको स्मरण गरे । उनले भने, आफु दोस्रो पटक प्रधानमन्त्री हुँदाको वखत संविधान संशोधन मार्फत मधेशको समस्या हल गर्न पहल गरेको दावी गरे ।

उनले नागरिकता सम्बन्धी विधेयक संसदमा पेश भएर छलफल भइरहेकाले जन्मसिद्धका आधारमा नागरिकतामा कुनै पनि समस्या नहुने बताएका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीसँग आफ्नो कुनै पनि मतभेद नभएको स्पष्ट पारेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata