प्रदेश-३ राजधानी हेटौंडा नै उपयुक्त हो: प्रचण्ड

बुधबार, चैत्र ७, २०७४



मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन नम्बर प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त भएको बताएका छन् । प्रेस सेन्टर मकवानपुरले बुधबार बिहान हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले हेटौंडाबाट प्रदेश राजधानी अन्यत्र सार्ने कुरा नरहेको स्पष्ट पारे ।

उनले प्रदेशको राजधानी सर्छ भनेर प्रचारबाजी गर्नु गलत कुरा रहेको बताएका छन् । ,  राजधानी सर्ने नसर्ने भन्ने कुरा प्रदेश सभाले अाैपचारिकक निर्णय  गर्ने  बताए ।

  उनले अर्काे प्रसङगमा कुरा गर्दै सरकारका काममा नागरिकले परिणाम खोजेको बताएका छन् । उनले जनताले काम नतिजा हेर्न चाहेका छन् । अहिले नागरिकको विश्वासबाट नै हामीहरु यहाँ सम्म आइपुगेकाले जन विश्वासका आधारमा पनि काम गरेर देखाउने बेला आएको छ ।
प्रदेश सरकारलाई गतिशील बनाउनतर्फ लागिने बताउँदै उनले ऐन कानुनको अभावमा काम गर्नका लागि समस्या भएकोले सहज वातावरण तयार पारिदिने प्रतिबद्धता जनाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको कुरा सहज ढंगले अगाडि बढेको उनले बताए।
अहिलेको सरकारलाई मधेशवादी दलहरुलेसमेत विश्वासको मत दिएकाले काम गर्नका लागि थप सजिलो भएको उनको भनाई छ । कार्यक्रममा तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी, प्रदेशका सांसद प्रेमबहादुर पुलामी लगायतकाको सहभागिता रहेको थियो ।

136 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank