देशकाे विकास र समृद्धिको लागि चितवनले उत्प्रेरणा दिन सक्छ: अध्यक्ष प्रचण्ड

आइतवार, कार्तिक ११, २०७५



चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लालाई नमुना जिल्लाको रुपमा अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
आइतबार चितवन भरतपुर महानगरपालिकाको चालु आब ०७५ /०७६ सालमा सञ्चालन हुने आयोजनाको घोषणा गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले सिंगो देशको विकास र  समृद्धिको लागि चितवनले उत्प्रेरणा दिन सक्ने बताए । चितवन जिल्ला विश्वले नै चासो लिने जिल्लाको रुपमा रहेको दाबी गरे । चराचुङ्गी, निकुञ्ज लगायत धार्मीक रुपमा धनी जिल्ला भएको उल्लेख गरे ।

उनले चितवनको विकासका लागि यहाँका राजनैतिक दलहरु मिलेर गयो भने पाँच बर्षभित्र भौतिक पूर्वाधार र पर्यटकीय दृष्ट्रिकोणमा नयाँ चरणमा विकास गर्न सकिने बताए ।

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank