पराजित शक्तिहरु परिवर्तनको विरुद्ध अनेक षड्यन्त्र गरिरहेका छन् : प्रचण्ड

शनिबार, अशोज २०, २०७५



काठमाडाै‌ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षदललाई लक्षित गर्दै पराजीत भएका दलहरुले सजिलै पराजय  स्वीकार गरिनसेको बताए ।

शनिवार रौतहट काठमाडौ सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पराजित राजनैतिक शक्तिहरुले आफ्नो पराजयले स्वीकार गर्न नसकेको आरोप लगाए । उनीहरुले परिवर्तनका विरुद्ध अनेक खालका षड्यन्त्र गर्ने र त्यसलाई प्रतिक्रान्तिका रुपमा बदल्ने कोसिस गरेको आरोप लगाए ।

dahal

उनले परिवर्तनका पक्षधरहरुलाई संस्थागत गर्न राज्य सञ्चालन गर्न सचेत हुनु पर्नेमा जोड दिएका छन् । उनले सामुहिक ढंगबाट जनभावना अनुरुप विकास निर्माण र समृद्धिमा काम गर्नुपर्ने बताएका छन् ।  उनले नयाँ समाजवादको आधार निर्माण गर्ने सामाजिक न्यायको काम गर्न शुभकामना आदान प्रदान कार्यक्रमले महत्वपूर्ण भुमिका रहने बताए ।

983 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank