मनाङको चामेमा पनि प्रभुु

आइतवार, पुस ३, २०७३

loading...


काठमाडौ । प्रभुु बैंकले हिमालपारीको जिल्ला मनाङको चामेमा पनि शाखा खोलेको छ ।

बेलायती सहयो नियोग युके एडद्धारा संचालित “सक्षम” को सहकार्यमा  बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको हो । प्रभुको चामे शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले आइतबार एक समारोहका विच उद्घाटन गरे ।

यसका साथै धारापानी,अपर मनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखा रहित बैंकिङ्ग सेवापनि सञ्चालनमा ल्याइएकोे छ ।

मनाङमा बैंकको शाखा र शाखा रहित सेवा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् ।

699 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv