प्रभु र एनआइसी एसिया बैंकको एटीएम सेवा बन्द, यसरि निकाल्न सकिन्छ पैसा…

आइतवार, भदौ १५, २०७६



काठमाडौं  । भदौ १४ अर्थात् हिजो दिउँसो  चिनिया ह्याकरको निसानमा  परेकामध्ये प्रभु बैंक र एनआइसी एसिया बैंकको एटीएम अझै चलेका छैनन् ।

नेपाली महिलाको ठूलो पर्व तीजको दर खाने दिन बैंकका एटीएम नचल्दा धेरैलाई समस्या भएको छ । एटीएमबाट पैसा झिकौंला र आफ्नो गर्जाे टारौंला भन्नेहरुलाई समस्या भएको छ ।

अहिले पनि प्रभु र एनआइसी एसिया बैंकका देशभरका एटीएम मेसिन बन्द छन् । दुबै बैकले सोमवारदेखि एटीएम संचालनमा ल्याउने गृहकार्य गरेका भए पनि सम्भव हुने नहने अझै यकिन भएको छैन ।

तर, दुबै बैंकले यसको विकल्प भने दिइरहेका छन् । बैंकले एटीएम बोकेका तर चेक नभएका ग्राहकको लागि काउन्टरमा स्लिपबाट नगद झिक्न मिल्ने व्यवस्था मिलाएको छ । यसरी स्लिपबाट नगद झिक्दा अन्य समयमा केही शुल्क लाग्ने भएपनि एटीएम नचलेको अवस्थामा निशुल्क सेवा प्रदान गरिने प्रभु बैंकले जानकारी दियो । यस्तै, सबै शाखामा बैंकिङ समय केही थप गरिएको छ ।

तपाइसँग एटीएम कार्ड छ भने बैंकको शाखा खुलेको समयमा नजिकैको शाखामा जान सक्नुहुन्छ । बैंक शाखामा गएपछि तपाइले आफ्नो एटीएम कार्ड देखाउनु पर्ने हुन्छ । त्यसरी कार्ड देखाएपछि बैंकका कर्मचारी एउटा स्लीप दिने र सोही स्लिपको आधारमा नगद झिक्न मिल्ने व्यवस्था मिलाइएको छ ।

एनआइसी एसिया बैंकले पनि यस्तै खाले सुविधा दिएको छ । तर, उसले स्लीपको साटो नयाँ चेक बुक नै दिने व्यवस्था मिलाएको हो ।

एनआइसी एसिया बैंकको एटीएम बाहकले बैंकको नजिकैको शाखा कार्यालयमा गएर एटीएम देखाएपछि बैंकले तत्काल नयाँ चेक बुक प्रिन्ट गरिदिन्छ । चेक बुक भएपछि खातावालाले रकम झिक्ने सक्ने अवस्था हुन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata