महिनामा एक अर्बको विद्युत चोरी

बिहिबार, जेष्ठ ३१, २०७५



काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको विद्युत चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको १० महिना मै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।  यसैबीच बिजुली चोरी नियन्त्रण गर्न गृह मन्त्रालयले प्राधिकरणलाई सघाउने भएको छ । –नागरिक दैनिकबाट

89 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank