“”

पोर्तुगल दुर्घटनामा एक नेपालीको मृत्यु छ घाइते, नेपाली राजदूत रमाइलोमा ब्यस्त

आइतवार, माघ १४, २०७४



लिस्बोन । पोर्तुगलमा गाडी दुर्घटनामा एक जना नेपाली चेलीको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य छ जना नेपाली चेलीहरु घाइते भएका छन् ।

पोर्तुगल र युरोपभरिको नेपाली समुदायलाई सो दुस्खद घटनाले मर्माहत बनायो र सहानुभूति र समबेदनाहरु ओइरिए, समाचारहरुको हेडलाईन शिर्षकहरु बने , सिंगो समुदाय स्तब्ध भयो । तर पोर्तुगल पुगेकी फ्रान्सस्थित आवासीय नेपाली राजदूत श्रीमती अम्बिकादेबी लुइँटेल भने लन्च तथा डिनर रिसेप्सन पार्टीमा ब्यस्त भइन ।

एक नेपाली चेलीको परदेशीभुमिमा सधैंलाई प्राण पखेरु उडेर गयो, तर महामहिम राजदूतलाई अस्पतालसम्म गएर ती चेलीप्रति श्रद्धाञ्जलीका दुई शब्द व्यक्तगर्ने, श्रद्धासुमन चढाउने आधा घन्टाको समय निस्किएन । नत घाइतेलाई भेटेर वा फोन गरेर सहानुभूति दर्साउने समय नै निस्कियो,न चारलाइनको एउटा बक्तब्य लागि कष्ट गरियो, बरु पुर्व निर्धारित भन्दै भोजभतेर र सिन्त्रामा पारिवारिक घुमघाममा समय खर्चिईयो।

उनी पोर्तुगलका राष्ट्रपति मार्सेलो रेबोलो सोआसाको विशेष लन्च तथा डिनर रिसेप्सन पार्टीमा सहभागीका गएकी थिइन् । आफ्नो चारदिने पोर्तुगल बसाईपछि हिजो अपराह्न फ्रान्स फर्किएकी छन् ।

567 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank