शान्तीको निम्ति पोपले चाले यस्तो कदम

शुक्रबार, चैत्र २९, २०७५



भ्याटिकन सिटी । पोप फ्रान्सिसले दक्षिण सुडानको बिग्रदो राजनीतिक स्थिति सम्हाल्ने हेतुले अफ्रिकन मुलुक सुडानको सत्तारुढ र  प्रतिद्वन्द्वी नेताको खुट्टा छुन पुगेका छन्  ।

अफ्रिकन नेताहरुको लागि आयोजना गरिएको दुई  दिने एक कार्यक्रममा पोपले दक्षिण सुडानको विपक्षी नेतासँग बढ्दो संकटको बाबजुद शान्ती सम्झौता गरि अघि बढ्नुपर्ने बताए । वर्तमान समयमा सुडानको बिग्रदो राजनितिक स्थितिलाई नियन्त्रण बाहिर जान नदिनको निम्ति उनले एक-एक गरि प्रत्येक नेताहरुको खुट्टा छुँदै शान्तीको निम्ति अधिकतम कोसिस गर्न आग्रह गरेका हुन् ।

राष्ट्रपति सालवा कीर तथा विपक्षी पार्टीका प्रमुख नेता रीक माचरलाई  एकसाथ मुलधारमा ल्याउनका लागि गरिएको एक आध्यात्मिक समारोहमा तीन उप- राष्ट्रपतिहरुको उपस्थिती रहेको थियो । पोपले ती सबै नेताहरुको खुट्टा छोएका  हुन् । शान्तीको लागि पोप फ्रान्सिसद्वारा चालिएको उक्त कदमलाई संसारले रुचीपुर्वक हेरेको छ ।

भिडियोमा हेर्नुहोस्;

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank