नेताका अडानले मुठभेडमा धकेलिदै राजनीति

आइतवार, पुस ३, २०७३



‘आन्दोलनका नाममा संसद कति रोकिन्छ हामी पनि हेर्छौ, जसरी पनि संसोधनलाई अघि बढाउनुपर्छ’

‘संसोधनका कुनैपनि वुदा राष्ट्रहितमा छैनन संशोधन छाडेर निर्वाचनमा नलागे आन्दोलन झन् चर्किनेछ । ’

शनिबार मोर्चासहित सत्तापक्षको निर्णय र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको भनाई एकै साथ बाहिर आएका छन् । सत्तापक्ष र प्रतिपक्ष दलका आफ्नै रणनीतिले राजनीति मुठभेडतिर अघि बढेको छ ।

संविधान संसोधन फिर्ता नलिने सरकारको अडान र फिर्ता नलिए संसद चल्न नदिने प्रतिपक्षको चतेतावनीले संविधान संसोधन, कार्यान्वयन, चुनाव सबै अन्यौलमा परेका छन् । दलहरुका निर्णय र अडान गतिरोध फुकाउनभन्दा झन् जटिल बनाउनतिर उन्मुख बनेका छन् ।

संविधानको पूर्ण कार्यान्वयनका लागि ७ माघ ०७४ भित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ । संविधान कार्यानवयनका लागि चुनाव वा संविधान कार्यान्वयनका लागि संसोधन दुईतर्फी अडानले दलहरु प्रतिष्ठाको लडाईमा देखिएका छन् ।

राजनीतिक विश्लेषण श्रीकृष्ण अनरुद्ध गौतम दलहरुको अडानले मधेसी दलहरुको माग पनि अलपत्र परेको र चुनाव पनि धकेलीएको टिप्पणी गर्छन । ‘अहिले संविधान कार्यान्वयन र देशभन्दा नजिक दलीउ एजेण्डा परेका छन् ’ उनले भने, ‘निर्वाचन कार्यविधि र प्राथमिकता समेत नपर्दा चुनाव अनिश्चित बन्दैछ ।’

एमालेले संविधानको कार्यान्वयनकै लागि अहिले संसद् र सडकमा संघर्ष गरिरहेको दावी गरेको छ । सत्तासिन दलले संविधानको कार्यानवयन एमालेका कारण नै रोकिएको आरोप लगाएको छ ।

मधेसी मोर्चा भने सरकारले अघि सारेको संशोधन विधेयकलाई परिमार्जन गरेरै भए पनि निर्वाचन भन्दा पहिला आफ्ना एजेन्डा समेटिने गरी संशोधन भए मात्र निर्वाचन प्रक्रिया अघि बढाउन दिने स्पष्ट अडानमा छ । दलहरूबीच संविधान कार्यान्वयन र निर्वाचन तालिका विवाद हुँदा चुनाव नै अन्यौलमा परेको छ । बैशाखमा चुनाव गर्ने सरकारले बताएपनि सम्भावना टर्दै जान थालेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments