नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धि कानून बनाउन सैद्धान्तिक सहमति

शुक्रबार, असार १५, २०७५



काठमाडौं । संघीय संरचना अनुसार मुलुक अगाडि बढेपछि प्रहरी संगठनहरुलाई आवश्यक पर्ने कानूनहरु निर्माणका लागि मन्त्रिपरिषद्को आजको बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादन सम्बन्धि कार्य संचालन, सुपरीवेक्षण र समन्वय सम्बन्धि विधेयक बनाउन बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको बैठक पछि कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सशस्त्र प्रहरी बलको पनि सेवाको गठन, संचालन र सेवाको शर्तहरु व्यवस्था गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।

कानूनमन्त्री तामाङका अनुसार बैठकले आयुर्वेद र योगसँग सम्बन्धित ‘विदूषि योगमाया विश्वविद्यालय’ निर्माणका लागि आवश्यक पर्ने कानून निर्माणका लागि पनि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

त्यस्तै बैठकले माथिल्लो त्रिशुली थ्रीबी जलविद्युत आयोजना निर्माणका सन्दर्भमा सो क्षेत्रमा पर्ने वन क्षेत्रको प्रयोग गर्न दिने निर्णय समेत गरेको कानूनमन्त्री तामाङले जानकारी दिए ।

160 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank