एक बुथमा २८ प्रहरी : अनुमति नलिइ गोली चलाउन सक्ने अधिकार

सोमवार, बैशाख २५, २०७४



आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् ।

मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिइ गोलि चलाउन सक्ने अधिकारसहित गृहमन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको खबर आजको नागरिकमा छ ।

३४ जिल्लाको दुई सय ८३ स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ । यी प्रत्येक बुथमा म्यादी, प्रहरी, सशस्त्र र सेनाले सुरक्षा दिनेछन् ।

657 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank