प्रहरी आइजिपीमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र खनाल नियूक्त

मङ्लबार, चैत्र २७, २०७४



काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनालको नियूक्त भएका छन्। मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।

प्रहरी आईजीपीका लागि सर्वेन्द्र खनालका साथै रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा  थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रहरीको नयाँ आइजिपीमा खनालको नाममा सहमति जुटाएको हो।

यस्तै मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी प्रतिस्पर्धामा  थिए  ।

बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरि आइजीपीहरुको बिषयमा सहमती भएको थियो ।

355 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank