डिआइजीका ७ दरबन्दी खारेज, १६ एसएसपी बढुवाका लागि सिफारिस

मङ्लबार, बैशाख २५, २०७५



काठमाडौं । गृह मन्त्रालयले १६ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रहरीमा जनपदतर्फ प्रहरी नायब महानिरीक्षकमा डिआईजी बढुवा गर्न बसेको बढुवा समितिको गए्रातीको बैठकले १६ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीलाई प्रहरी नायव महानिरीक्षक डिआइजी मा बढुवा गर्न सिफारिस गरेको हो । रिक्त रहेका २३ डिआईजीमध्ये १६ को मात्र बढुवाका लागि सिफारिस गरिएको छ । बाँकी ७ पद खारेज भएको हो ।

बढुवा सिफारिश गरिएकामा पहिलो नम्बरमा केदार रिजाल सिफारिस भएका छन् । सबैभन्दा पहिलो नम्बरमा झण्डै ७५ अंकसहित केदार रिजाल छन् भने १६ औँ नम्बरमा ६८ दशमलव ६७ अंक सहित सुरज केशी रहेको बढुवा समितिले जनाएको छ ।

त्यसपछि क्रमशः शेरबहादुर वस्नेत, पिताम्बर अधिकारी, दिपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रवीन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी सिफारिसमा परेका छन् ।

206 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank