स्थानिय र प्रहरीवीच झडप ५ प्रहरी घाईते

सोमवार, बैशाख २४, २०७५



काठमाडौं । पर्सामा स्थानिय र प्रहरीवीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् । भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चार जना भारतीय नागरिक मादक पदार्थ सेवन गरि गईरहेकाबेला ईलाका प्रहरी चौकी महादेवले नियन्त्रणमा लिएको थियो  ।  प्रहरीको नियन्त्रणमा रहेका भारतीय नागरिकलाई विना सर्त छोड्न माग गर्दै स्थानियले प्रहरी माथि आक्रमण गर्दा पाँच प्रहरी घाइते भएको प्रहरीले जनाएको छ  ।

इलाका प्रहरी कार्यालय सुवर्णेबाट खटिगएको टोलिले नियन्त्रणमा रहेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालयमा लैजान खोज्दा करिव १५० जनाको स्थानियहरुको टोलीले नारावाजी गरि प्रहरी माथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक राजन लिम्बुले नेपालपाटीलाई जनाएका छन् ।

स्थानियहरुको आक्रमणमा परि सई गोपाल खड्का, सुबेश्वर महतो, शम्भु यादव, राकेश चौधरी र प्रहरी जवान जयप्रकाश यादव घाइते भएको प्रहरी नायव उपरिक्षक लिम्बुले जनाएका छन् ।  घाइते पाँचै जनाको नारायणी उपक्षेत्रिय अञ्चल अस्पतालमा उपचार पश्चात काममा फर्केका छन् ।

झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले १० राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीलाई गाली गलोज, अपशब्द र धम्की दिने पाँच जना भारतीय र दुई नेपाली प्रहरीको नियन्त्रणमा रहेका छन् । अान्दाेलनकारीले प्रहरी चाैकी अगाडी राेकीराखेकाे प्रहरीकाे माेटरसाइल र एक वेहारिसे माेटरसाइलमा अागजनी गरेका छन् ।  प्रहरीको नियन्त्रणमा हुनेमा ठोरी गाउँपालिकाका २३ वर्षीय सुपा लामा, २५ वर्षीय दिनेश लामा रहेका छन् त्यस्तै भारत बिहार वेतियाका २२ बर्षीय रामप्रसाद गौरो, २१ वर्षीय बीरम्बर गौरो, २१ वर्षीय दिनदयाल महतो, २२ वर्षीय रामप्रवेश गौरो बजरङ्गी गौरो रहेका छन् ।

प्रहरी नायव उपरिक्षक लिम्बुका अनुसार प्रहरीले सम्झाउन बुझाउन खोज्दा प्रहरी माथि आक्रमण गरेको जानकारी दिए । उनहिरुलाई कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।

58 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank