प्रदर्शनकारी र प्रहरीबीच झडप ५ प्रदर्शनकारी घाईते

बुधबार, चैत्र १४, २०७४



काठमाडौं। पुराना सम्पदा भत्काएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएकाे छ । प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपका क्रममा ५ जना प्रर्दशनकारी घाईते भएका छन् । घाईतेहरुको बानेश्वरको एभरेष्ट अस्पतालमा उपचार भैरहेको छ । सडक विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै काठमाडौं उपत्यकाका विभिन्न जातीय समुदायले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म बिरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास हानेको छ ।प्रहरीले ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । अहिले माइतीघरदेखि नयाँ बानेश्वर सडकमा यातायात सेवा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

49 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank