रक्षामन्त्रीले गरे कालापानीको हवाई निरिक्षण

सोमवार, फाल्गुन ५, २०७६



काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेले भारतीयद्वारा अतिक्रमण गरिएको कालापानी क्षेत्रको हवाई  निरिक्षण गरेका छन ।  सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितको टोलीले अतिक्रमित भुभागको अवलोकन गरेर फर्केका हुन ।

बाक्लो हिमपातका कारण हेलिप्कोटर ल्याण्ड हुन नसकेपछि हवाई निरिक्षण गर्दै फर्किेएका हुन ।  हवाई निरिक्षण टोलीमा सुदूर पश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्ना, नेपाली सेनाका अधिकृत र रक्षामन्त्रालयका अधिकारीहरु सहभागी थिए। कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण अवतरण हुन नसपछि हेलिकोप्टरबाटै ब्यास गाउँपालिका-१ छाङरु, तिंकरलगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौड्यालले बताए।

याे पनि पढ्नुहाेस

उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र निरीक्षणमा प्रस्थान

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments