धर्मलाई सत्तासँग नजोडौं: उपप्रधानमन्त्री पोखरेल

आइतवार, कार्तिक १७, २०७६



काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले धर्मलाई सत्तासँग जोडेर नहेर्न आग्रह गरेका छन् । आइतबार आयोजित कार्यक्रममा उनले धर्म र सत्तालाई जोडेर विश्लेषण नगर्न आग्रह गरेका हुन् ।

सत्ताको सेवक बनेर धर्म चल्न नहुने भन्दै उनले समय अनुसार धर्मको परिस्कृत हुदै जानुपर्ने बताएका हुन् ।‘धर्म नागरिकहरुको आस्था र विश्वास हो । कसैले पनि आस्थामा जोर जुलुम गर्नुहुदैन । धर्म मानिसहरुको आस्था र विश्वास भएकाले आस्था र विश्वासलाई परिस्कृत गर्दै मान्दै लैजानुपर्ने हुन्छ । जोरजुलम गर्नुहुदैन । हामी कम्युष्टि पार्टीका मान्छेले धर्मलाई यसरी बुझ्छौं’ उनले भने ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ्गले परापुर्व कालमा पनि देवताहरुले मिलेर श्रृष्टीको शासन चलाएको दृष्टान्त दिदै धर्मशास्त्रहरुबाट सिकेर शासन सञ्चालन गर्न राजनितिक दलहरुलाई सुझाव दिए । कार्यक्रममा श्री रामचरितमानस ग्रन्थको नेपाली अनुवाद ‘श्रीरामचरितमानस तुलसी नेपाली छाया अनुवाद को लोकार्पण गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata