सार्वजनिक सम्पतिको रक्षा कसरी गर्ने भन्ने चुनौती छ: कार्यवाहक प्रधानमन्त्री पोखरेल

शनिबार, भदौ ७, २०७६



काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले  सार्वजनिक सम्पतिको संरक्षण कसरी गर्ने भन्ने चिन्ता भएको बताएका छन । उनले सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति हामी भित्रै रहेको बताए ।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा पन्चकन्या टुसाल पार्कको उद्धघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री पोखरले भने, सार्वजनिक सम्पति कब्जा गर्न पाए भने रमाउँछन । यो गलत प्रवृति हो । यसको बिरुद्धमा सबैले एक जुट हुनु पर्नेमा जोड दिए । उनले सार्वजनिक सम्मपति जनताकाे सम्पति भएकाे उद्घाेष गरे । उनले खुला ठाउँकाे सरक्षण गर्नका लागि चेतनाकाे विकाास गर्नुपर्ने बताए ।

उनले स्वस्छ हावाका लागि बाेटविरुवा राेप्नु पर्नेमा जाेड दिए । हरेककाे जन्म दिनमा बाेट राेप्नु पर्नेमा जाेड दिए ।

 सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? भन्ने चिन्ता रहेको बताउँदै उनले सचेत नागरिकको  सार्वजनिक सम्पति संरक्षण गर्नका लागि एकजुट हुनु पर्नेमा जोड दिए ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata