पोखराको नेकपा सभा परिसर नजिकै बम विस्फोट

बुधबार, मंसिर ११, २०७६



पोखरा ।  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने चुनावी सभा परिसरमा बम विस्फोट भएको छ । नेकपाले आज पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा बृहत चुनावसभा गर्दैछ । विभिन्न स्थलबाट नेता तथा कार्यकर्ता र्यारलीसहित आउने क्रम जारी छ ।

प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा बम विस्फोट भएको हो ।  उक्त  चुनावसभामा अध्यक्ष प्रचण्ड र नेकपा उपाध्यक्ष वामदेव गौतम सम्बोधनका लागि उपस्थित छन् ।

विस्फोटबाट कुनै क्षति भने भएन । यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata