पोखरा महानगरपालिका वडा नं २ मा काँग्रेस विजयी

मङ्लबार, जेष्ठ २, २०७४



पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । काँग्रेसबाट वडाध्यक्षमा रामेश्वर मल्ल ९३४ मतसहित विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दीनानाथ सुवेदीले ५६३ मत प्राप्त गरेका छन् । वडा सदस्यमा काँग्रेसका गौतम बिजुक्छे र बद्री पराजुली तथा महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता सुनार विजयी भएका हुन् ।

सो वडामा एक हजार ७४० मतदाताले मतदान गरेका थिए ।

927 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank