देशकै ठुलो महानगरपालिका पोखरा लेखनाथको १ नम्वरमा एमालेको प्यानलै विजयी

मङ्लबार, जेष्ठ २, २०७४



देशकै ठुलो महानगरपालिका पोखरा लेखनाथको वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । महानगरपालिकाको वडा नम्बर १ मा एमालेका शारदा पराजुली १ हजार १ सय १३ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टंकप्रसाद शर्माले ७ सय ९६ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै महिला सदस्यमा एमालेकी प्रेमकुमारी शाही, दलित महिला सदस्यमा प्रेमदेवी परियार तथा खुल्ला सदस्यमा रुद्रप्रसाद सुबेदी र सहारा प्रधान विजयी हुनु भएको छ ।

3141 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank