सातै प्रदेशका मुख्य मन्त्री पोखरामा किन ?

बिहिबार, भदौ २१, २०७५



काठमाडौं । सातै प्रदेशका मुख्य मन्त्री पोखरा पुगेका छन् । आज हुने हुने भेलाका लागि अधिकांश मुख्यमन्त्री पोखरा पुगेका हुन । केही पुगेका छन् केही आज पुग्दैछन् ।

गण्डकी सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार प्रधानमन्त्री अध्यक्ष रहने अन्तर प्रदेश परिषदको बैठकको तयारीका लागि आज मुख्यमन्त्रीहरुबीच छलफल हुँदैछ ।

प्रदेश परिषदको बैठक २४ भदौमा बस्दैछ । अहिलेसम्म प्रदेश सरकारले भोग्नुपरेका समस्या, संघ सरकारसँगका अपेक्षाका विषयमा छलफल गरेर साझा धारणा बनाइनेछ ।   सबै मुख्यमन्त्री परिषदका सदस्य हुन्छन् । संघ सरकारले कानुन निर्माण र कर्मचारी व्यवस्थापन नगरिदिंदा प्रदेशलाई काम गर्न अप्ठेरो परेको गुनासो मुख्यमन्त्रीहरुले गर्दै आएका छन् ।

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank