कविता-इनफ इज इनफ

शनिबार, असार ६, २०७७

- राकेश कार्की - लस एन्जेलस  



 

 जति चुप लाग्यो उति पेल्ने

सोझा साझाको जीवनसँग खेल्ने

सही काम गर नदेउ गफ

इनफ इज इनफ

 

सुख कहाँ छ ढुक्क कहाँ छ ?

दु:ख र पीडा मात्र यहाँ छ

जति हामी नरम त्यति नहोउ रफ

इनफ इज इनफ

 

अब गरीब भोकै हुनु हुन्न

अब निमुखाले अन्याय सहन्न

सकियो आसु उड्यो भयो बाफ

इनफ इज इनफ

 

आलटाल कुरा अब हामीलाई सुन्नु छैन

जति भेटे पनि तिमीलाई नै पुग्दैन

जाँच्छ तिमीलाई बिरामीलाई कफ

इनफ इज इनफ

 

न अब खुसी छ जताततै हाहाकार छ

अब होला तब होला भन्नु बेकार छ

बालुवामा पानी भो हाम्रो पसीना तपतप

इनफ इज इनफ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments