कविता-” प्रेमिल मनहरू “

बिहिबार, फाल्गुन २, २०७५

- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र



एकान्तमा तिम्रो तस्विर हेरौ हेरौ लाग्छ
विश्वासको सामिप्यता जोडौजोडौ भाछ

साझँतिर एक दुई कुरा गरौं जस्तो लाग्छ
एक पटक तिम्रो तस्विर हेरौ जस्तो लाग्छ

💞💞💞💞💞💞💞💞💞💞💞

भावनामा तिमीलाई भेटौ भेटौ लाग्छ
सम्झनामा तिमीलाई टोकौंटोकौ भाछ

💞💞💞💞💞💞💞💞💞💞💞

तिमीसगँ एकदुइ पटक बोलौबोलौ भाछ
मनसगँ मन साटी हाँसौ हाँसौ भाछ

💞💞💞💞💞💞💞💞💞💞💞

राती भरि सपनीमा तिम्लाई मैले देखेँ
विश्वास अनि आत्मियता स्पर्षमा भेटेँ

💞💞💞💞💞💞💞💞💞💞💞

आँखा अनि मनको भाव दुवैले साटेका
निकटमा उभिएर भावनाले बाँधिएका

💞💞💞💞💞💞💞💞💞💞💞

कुनै भय, डर, त्रास छैन प्रेमिल मनमा
समदृष्टी हार्दिकता विश्वास छ तनमा

💞💞💞💞💞💞💞💞💞💞💞

निकै पटक च्याई रहेँ तिम्रो अनुहार हेर्न
मन खोली दुईचार बात तिमीसगँ गर्न

💞💞💞💞💞💞💞💞💞💞💞

मनले हैन तनले पनि खोजी रैछु तिम्लाइ
के कसो रु हाल पनि थाहाठ पाउन मनलाई

💞💞💞💞💞💞💞💞💞💞💞

भेटौ,भेटौ,देखौं पनि लाग्दो रहेछ तल तल
भोकजस्तो निद्रा उस्तै खोज्दो रहेछ मलजल

💞💞💞💞💞💞💞💞💞💞💞

एकै झल्को देख्न पाए हुने जस्तो लाग्छ
एक दुई शब्द कोरी दिए मन मेरो हाँस्छ

💞💞💞💞💞💞💞💞💞💞💞

सुख दुख सगैं अनि साट्ने माया प्रेम बाट्ने
गाँसिएको सासको टुक्रा एक अर्कामा साट्ने

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata