‟ प्रतिशोध विरुद्धको जवाफ ” 

कविता

शनिबार, कार्तिक ११, २०७४

loading...

- प्रकाश आचार्य



क्रोध, रिस, इर्ष्या अहिलेसम्म साँचीरहेकै छ्यौ

वर्षदिन पनि पुग्यो, हैन र ?
हो, मबाट गल्ती भएकै थियो त्यसबेला ,
माफी पनि उतिखेरै मागेको थिए,
आज भेटियौ अचानक तिमि,
थाहा पाउँदै छु , अझै प्रतिशोध हटाएकी रैनछ्यौ

पात झरेर उजाड बनेका त्यसबेलाका
बिरुवाहरु पनि आज त पक्कै
हरिया भएका होलान् ,
भर्खर मुना पलाउँदै गरेका फूलहरु
पनि फक्रीएर खुश्बु छरीरहेका होलान् ,
अन्धकार थियो गाउँ, बिजुली-बत्ति
पुगेको थिएन उसबेला, आजसम्म पक्कै
सिंगो गाउँ झलमल्ल भैसक्यो होला,
पुराना काँचुली पिंठयूमा बोकेर
घिंस्रीदैगरेका त्यस बखत्का सर्पहरुले
पक्कै नवीन काँचुली फेरेर
घिंस्रीदै होलान् जमिनमा;

यी त कुनै निर्जीव, कुनै सजीव,
सजीवमा पनि रत्तिभर सर्वश्रेष्ठता
नभएका वस्तुहरु रहे ;परिवर्तित भएका छन् ,
सकारात्मक तवरले,
परन्तु; तिमि,
यसै तवरले परिवर्तित रहन सकिरहेकी छैनौ ;

धरणीले अनुभूति गरिरहेकी छिन्,
समय बितिरहंदा, तिमि
प्रतिशोधको आगो बनि दन्किरहेकी छ्यौ
आवेगको भुइँचालो बनि आइरहेकी छ्यौ
निरन्तर-निरन्तर ,

विन्ती छ; आजैदेखि,
संवेदनाको शितल छहारी बनिदेउ,
सहानुभूतिको उज्यालो जून बनिदेउ

308 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv