कविता-नयाँ वर्ष आएछ

आइतवार, बैशाख १५, २०७६

- राकेश कार्की-लस एन्जेलस



कति कति सपनाहरू बोकेर

नयाँ वर्ष आएछ
कति कति यादहरू छोडेर
नयाँ वर्ष आएछ

देशका कर्णधार
युवा युवती विदेश पलायन भएर
रित्तिएको गाउँघरहरूमा
बुढाबुढी र साना केटाकेटीलाई
माया दिन
नयाँ वर्ष आएछ

राष्ट्रपति भवन र प्रधानमन्त्री क्वाटरबाट
विकासका आशाहरू
निकासका संभावनाहरु
सुख सयलका ऐश आरामीहरु
इत्यादी इत्यादी बटुलेर
झुप्रो र सडकका पेटीहरूमा
दुस्खीका दुस्खेका छातीका घाउहरूमा
गरीबका अभावहरुमा
रोगीका चित्कारका औषधीहरुमा
नयाँ वर्ष आएछ

छोटकरीमा भनौँ
हरेक सास फेर्ने जीवनमा
हरेक नेपालीको मनमा
एउटा नयाँ आशा
नव उमंग र उल्लास
नयाँ उत्साह
नयाँ जोश
नयाँ जाँगर
प्रेमपूर्वक एकैनासले बाड्दै
नयाँ वर्ष आएछ ।।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata