कविता-मित्रता
शनिबार, माघ १२, २०७५
- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र

विश्वासले जितिएको
भावनाले थिचिएको,
अन्तररङ्तामा खास
अन्तर नभएको
स्वामित्वले भरिएको
सुख र दुख गाँसिएको
दर्पण र खरपनको खरपनको
सम्बन्ध रहेछ मित्रता !
भावनाले थिचिएको,
अन्तररङ्तामा खास
अन्तर नभएको
स्वामित्वले भरिएको
सुख र दुख गाँसिएको
दर्पण र खरपनको खरपनको
सम्बन्ध रहेछ मित्रता !
रक्त सम्बन्ध भन्दा
निकै परको तर
हिमाल भन्दा अग्लो
सागर भन्दा पनि गहिरो
अनि हिउँ भन्दा कन्चन
साथै चरित्र भन्दा पवित्र
सम्बन्ध रहेछ मित्रता !
आशा होइन हृदयमा
विश्वासको अमृत सिन्चित
आफै भित्रको उज्यालोले
सामिप्यता गाँसेको
निकै दरिलो र रसिलो
लगन गाठो या भावनाकोडोरी
जस्तो सम्बन्ध रहेछ मित्रता !
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments