कविता-खुला मञ्च

आइतवार, असार १, २०७६

-  राकेश कार्की -लस एन्जेलस



पहिले राणा आए

त्यसपछि आए पंच
हास्थे खेल्थे भाषण गर्थे
खुसी नै थियो खुला मञ्च

क्रान्ति गयो राजा गयो
गणतन्त्र आयो भन्छ
काठमाण्डुको मुटुमा
बेहाल भयो खुला  मञ्च

सटर बन्यो ठेकेदार पस्यो
दलाल पैसा गन्छ
खाए लुटे सखाप पारे
हाम्रो खुला मञ्च

अरु देशमा ठाउँ ठाउँमै
ठूला-ठूला पार्क बन्छ
हाम्रो देशमा बेचिदै बेचिदै
सकिने भो खुला  मञ्च

भाषण गर्नेले सत्ता भेटेपछि
भाषण नगर्नु भन्छ
मनको कुरा राख्नलाई
अब छैन खुला मञ्च

देशको सम्पदा जोगाइ राख्न
जनताको मन छ
बिर अस्पतालको अगाडि
मर्ने भो खुला मञ्च

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata