गाउँ छोडि शहर -कविता

शनिबार, बैशाख ८, २०७५

- राकेश कार्की



गाउँको बाक्लो दुध

शहरमा पचेन
त्यो संस्कृति संस्कार
केही पनि बचेन

 

विष हो भन्दा भन्दै
तानिदिन्छन् विष पनि
सानो सानो कुरामा
कति धेरै रिस पनि

 

कलकलाउने नदीनाला
भयो ढलको दुर्गन्ध
चौतारीको पवित्र हावा
प्रदूषणको धूँवामा बन्द

 

छैन बनपाखाको चिन्तन
झर्को लाग्ने कर्कश आवाज
विदेशीकै नक्कल गर्दै
छोडिदिन्छन् रीतिरिवाज

 

म मेरो आफ्नो भन्छन्
सबै आफैमा व्यस्त
नहुने काम पनि गर्नै
नगद बटुल्नमै मस्त

 

हाँसो नक्कली व्यवहार नक्कली
सम्वन्ध नै केवल लेनदेन
प्रकृति मासिदै ग्लोबल वार्मिङ
खातिर एकैछिनको खुसी र चैन ।

270 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank