एक्लाे दुनिया – कविता

बुधबार, बैशाख ५, २०७५

- दिपेन्द्र शाह "वियाेग"



कसले खोल्ने तगारो,कसले सोर्ने भकारो ?
आजकालका युवाहरुलाई,घर छोड्नकै हतारो ।।

………………………………………………………
रित्तो छ घरको भकारी,बाँझियो सबै खेतबारी
सन्तान जति भएनी आमालाई दुखको छ भारी । ।

………………………………………………………
टाढा छ पानी पँधेरो,जता हेर्यो अँधेरो
कसैने भेट्दा भन्दैछन्,आएन् तिम्रो क्वै छोरो ?

………………………………………………………

दमखोकीले च्यापेका तिम्रा आमा बुबा छन्,
प्रदेशी सन्तान सम्झेर, आँखामा आँशुका कुवा छन् ।।

………………………………………………………
छोडेर नजाउ हामीलाई माया यो हाम्रो मारेर
बुढेसकालका बा आमा टुहुरा जस्तै पारेर

………………………………………………………

सबै थोक होईन धनपैंसा यो कुरा तिमीले बुझीलेउ
स्वर्गमा बास पाईएला मर्न पाए तिम्रो छेउ ।।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank