कविता- धनुष्टङ्कार

आइतवार, पुस २७, २०७६

- सीता ओझा



आउने जाने र धाउनेहरू भएको ठाँउमा
ठाडो, तेर्सो र धनुष्टङ्कारले काम पाउछ

गलगिज अघाए नि छादुन्जेल खानै खोज्छन्
भोकाहरू मिले भने गिद्दे द्वार खट्खटाउछ

हल्का रङ्ग चटेकोले एकदुइ प्याग चडाउछ
गणतन्त्रको गला लागे  ऐँठनले चट्काउछ

अड्को पड्कोमा चल्नेले अवसर धेर पड्काउछ
भ्रष्टाचारको सुगन्धले हेर अरूलाई लोभ्याउछन

सत्ता मोहमा डुबेपछि विलाशीता मडारीन्छ
यताउता तन्याक तुनुकले भन्डार नै रित्याउछ

अगुल्टो र भुङ्ग्रोमा सिकार पोल्ने र साध्नेले
बेर्थै शिङौरी खेल्नेले फेर दिनरात बिताउछ

ठाडो बोल्नेले लौ हेर तुरुन्तै रिस फ्याक्दछ
चिप्ला चाकरीबाट फेरि सेकिइन्छन् इमानदार

रागमा बोल्नेहरू भन्दा ऐले सत्तारूढ निरङ्कुस
लोकतान्त्रिक व्यवस्थामा गुटबन्दी गर्नु ब्यर्थ छ

झट्ट फलाकेर फट्किनेले अहँकार  बटुल्दछ
मसिनो काम देख्नेले सधै योजना तयार पार्दछ

नजिक सधैं देखिनेले सेल्फि खिचेर रमाउछ
दुरबाट नियाल्नेले फेरि फेरोमारी पछार्दछ

सद्भाव र सदाचारमा कदापि सुराकी गर्न हुन्न है
बेमौसमी संस्कारले दिनहिनलाई कैल्यै सेक्नु हुन्न

इमानमा बाँच्नेको अघि टिक्दैन है  हेर अहंकार त
धनुष्टङ्कारमा रमाउनेले बनाउदैन है अरूको घर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments