कविता-तिम्रो तस्वीर

शनिबार, पुस १४, २०७५

- सीता ओझा



रशिक जिन्दगीको ओरालीमा

शुन्य सहनशीलतालाई चिर्दै
निष्पट अन्धकारलाई छिचोलेर
सुनौलो नक्षत्र उदाएको छ ।
===================
मानस पटलको  दोछाँयामा
त्यो तिम्रो तस्बिर
मेरो  कल्पनाशील मस्तिक्स भित्र
नामेट भएर रहेको छ ।
==================
तिम्रो र मेरो
तरल  तर
अत्यान्तै सरल भोगाईको यात्रामा
पथ छनोट र गन्तव्यको पहिचानले
जीवन विछट्टै रमाएको पनि छ ।
====================
त्यो तिम्रो  मानवको सामर्थ्यमा
कतै कसैको छाँयाले
मन मस्तिष्कको भावना
गोधुलीको इन्द्रेणी झैं
तिमीसगैँ सजिएको  छ ।
==================
देशै देशको  दुनियाँमा
परिचयको अपनत्व र पहिचानको
सामिप्य नगाँसिएको अवस्थामा
स्वभिमानी जीवनको  परिचय
मलाई चाहिएको  छ ।
———————————–
तिमीसँग
एकाएक गाँसिएको सहअस्तित्वको
भाव  र अप्रत्याशित छाएको
यो सुनौलो  साथले खै ! किन हो ?
जीवन अति नै रमाएको  छ ।
—————————————
जीवन र जगत बुझ्ने परिभाषाले
अलिकति  तिमी माथि
मेरो अधिकारको  स्वामित्व
अनि म माथि तिम्रो अपनत्वले
निकै नजिकिएर स्थान पाएकोछ ।
===================
सधैं
अत्यास लाग्दो  यात्रा होइन
सहजपुर्ण जीवन भित्र
हामी दुबैलाई दुबैको
रसिलो , ओजपुर्ण र
दर्विलो साथ चाहिएको छ ।
———————————-
रूचिपुर्ण
आहार र व्यबहारको हाताभित्र
सरल सहकार्यको भाव सहित
चेतनशील मानवको
सृजनशील हात र साथ चाहिएको  छ ।
=====================
सुन्दर वक्षस्थलमा
पुर्णकदको दर्पण
अनि
शरद र वसन्तको  न्यानो
ताप र सुवास  भरिएको भाव
अनि दुबैलाई
न्यानो र कन्चन स्पर्श  सहितको
प्रेमपुर्ण जीवनको आभाष चाहिएको छ

———————————————–जिन्दगीको ओरालीमा
शुन्य सहनशीलतालाई चिर्दै
निष्पट अन्धकारलाई छिचोलेर
सुनौलो नक्षत्र उदाएको छ ।

===================

मानस पटलको  दोछाँयामा
त्यो तिम्रो तस्बिर
मेरो  कल्पनाशील मस्तिक्स भित्र
नामेट भएर रहेको छ ।

==================

तिम्रो र मेरो
तरल  तर
अत्यान्तै सरल भोगाईको यात्रामा
पथ छनोट र गन्तव्यको पहिचानले
जीवन विछट्टै रमाएको पनि छ ।

====================

त्यो तिम्रो  मानवको सामर्थ्यमा
कतै कसैको छाँयाले
मन मस्तिष्कको भावना
गोधुलीको इन्द्रेणी झैं
तिमीसगैँ सजिएको  छ ।

==================

देशै देशको  दुनियाँमा
परिचयको अपनत्व र पहिचानको
सामिप्य नगाँसिएको अवस्थामा
स्वभिमानी जीवनको  परिचय
मलाई चाहिएको  छ ।

———————————–

तिमीसँग
एकाएक गाँसिएको सहअस्तित्वको
भाव  र अप्रत्याशित छाएको
यो सुनौलो  साथले खै ! किन हो ?
जीवन अति नै रमाएको  छ ।

—————————————

जीवन र जगत बुझ्ने परिभाषाले
अलिकति  तिमी माथि
मेरो अधिकारको  स्वामित्व
अनि म माथि तिम्रो अपनत्वले
निकै नजिकिएर स्थान पाएकोछ ।

===================

सधैं
अत्यास लाग्दो  यात्रा होइन
सहजपुर्ण जीवन भित्र
हामी दुबैलाई दुबैको
रसिलो , ओजपुर्ण र
दर्विलो साथ चाहिएको छ ।

———————————-

रूचिपुर्ण
आहार र व्यबहारको हाताभित्र
सरल सहकार्यको भाव सहित
चेतनशील मानवको
सृजनशील हात र साथ चाहिएको  छ ।

=====================

सुन्दर वक्षस्थलमा
पुर्णकदको दर्पण
अनि
शरद र वसन्तको  न्यानो
ताप र सुवास  भरिएको भाव
अनि दुबैलाई
न्यानो र कन्चन स्पर्श  सहितको
प्रेमपुर्ण जीवनको आभाष चाहिएको छ

———————————————–

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank